काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई लिएर सत्तारुढ नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ।
आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरुले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएका हुन्।
बैठकले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे सरकारसँग छलफल गरी विकल्प खोज्ने निर्णय गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा महामन्त्री गगन थापा, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, बालकृष्ण खाण, महेन्द्र यादवलगायत नेताहरुले आपत्ति जनाएका थिए।
सरकारले सूचीकृत हुन गरेको आह्वान नटेरेको भन्दै भदौ १९ गतेदेखि फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो।
त्यसप्रति नेता शेखर कोइराला र महामन्त्री गगन थापाले तत्कालै आपत्ति जनाउँदै पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका थिए ।


















प्रतिक्रिया