१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

‘जेनजी’को प्रदर्शनलाई अभिनेता पल शाहको शुभकामना



नेपालगन्ज । चलचित्र अभिनेता पल शाहले नेपालमा दिन प्रतिदिन बढ्दो भ्रष्टाचारले देशको समृद्धि हैन, आम जनताको भरोसा र आशा समाप्त पार्दै गएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत अभिनेता शाहले गरिब, दुःखी र असहायहरू झनझन पीडित भइरहेको उल्लेख गर्दै उनीहरूको आवाज सुनिनु त परै जाओस्, दबाउने काम भइरहेको जनाएका छन् ।

उनले यस्तो अवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले स्थिति झन गम्भीर बनाएको उल्लेख गरेका छन् ।

‘हामी हाम्रो देश राम्रो बनोस्, सबै नेपाली खुशी र सुरक्षित जीवन जिउन सकून् भन्ने चाहन्छौं,’ उनले लेखेका छन्, ‘तसर्थ भोलि ८ सेप्टेम्बरमा जेनजी द्वारा आयोजना गरिएको आन्दोलन शान्तिपूर्ण विरोध प्रदर्शन होस्। जति पनि सहभागी हुनुहुनेछ, सबै जना सुरक्षीत तरिकाले आन्दोलन गर्नुहोला। कुनै नागरिकलाई पनि चोट पटक नलागोस्, नागरिकका कुरा सुनियोस् भन्ने अपेक्षासहित।’

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ५ : १८ बजे

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौं । श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका

चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त