नेपालगन्ज । चलचित्र अभिनेता पल शाहले नेपालमा दिन प्रतिदिन बढ्दो भ्रष्टाचारले देशको समृद्धि हैन, आम जनताको भरोसा र आशा समाप्त पार्दै गएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत अभिनेता शाहले गरिब, दुःखी र असहायहरू झनझन पीडित भइरहेको उल्लेख गर्दै उनीहरूको आवाज सुनिनु त परै जाओस्, दबाउने काम भइरहेको जनाएका छन् ।
उनले यस्तो अवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले स्थिति झन गम्भीर बनाएको उल्लेख गरेका छन् ।
‘हामी हाम्रो देश राम्रो बनोस्, सबै नेपाली खुशी र सुरक्षित जीवन जिउन सकून् भन्ने चाहन्छौं,’ उनले लेखेका छन्, ‘तसर्थ भोलि ८ सेप्टेम्बरमा जेनजी द्वारा आयोजना गरिएको आन्दोलन शान्तिपूर्ण विरोध प्रदर्शन होस्। जति पनि सहभागी हुनुहुनेछ, सबै जना सुरक्षीत तरिकाले आन्दोलन गर्नुहोला। कुनै नागरिकलाई पनि चोट पटक नलागोस्, नागरिकका कुरा सुनियोस् भन्ने अपेक्षासहित।’


















प्रतिक्रिया