९ चैत्र २०८२, सोमबार | March 23, 2026

जनताको विश्वास माओवादीप्रति छ, हामी जुरुक्कै उठे देशभर चुनाव जित्छौं : प्रचण्ड



गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता कार्यकर्ता इमान्दार भएर लाग्नेहो भने देशभर चुनाव जित्नसक्ने दाबी गरेका छन् ।

गोरखा जिल्ला पालुङटारमा आयोजित महान् सहिद सुरेश वाग्ले ‘वासु’, भिमसेन पोख्रेल ‘वैरागी’, विजय खनाल ‘दर्शन’ र हरिकला पौडेलको स्मृतिमा आयोजित सभा तथा जनसम्वाद कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

जनताको विश्वास माओवादीप्रति अझै बलियो रहेको दाबी गर्दै प्रचण्डले भने, “हामी जुरुक्कै उठे देशभर चुनाव जित्न सक्छौं ।”

उनले सहिदहरूको योगदान स्मरण गरे। उनले गोरखामा मात्र जनयुद्धका क्रममा १८८ भन्दा बढीले सहादत प्राप्त गरेको र २० जना अझै बेपत्ता रहेको उल्लेख गर्दै अपूर्ण सपना पूरा गर्ने संकल्प व्यक्त गरे।

अध्यक्ष प्रचण्डले सहिद सुरेश वाग्ले ‘वासु’ जस्ता उच्च क्षमताका नेताको हत्या पार्टीका लागि ठूलो पीडा भएको भन्दै, सहिदहरूको बलिदानकै कारण उत्पीडित वर्ग, लिङ्ग र समुदायले अधिकार पाएको बताए। उनले तेस्रो पटक प्रधानमन्त्री हुँदा सहिद परिवारलाई राष्ट्रिय सम्मान र विशेष सुविधा दिने पहल, सत्य निरूपण तथा बेपत्ता आयोग गठन, आर्थिक सहयोगका लागि कोष स्थापना तथा रोजगारी सुनिश्चित गर्ने जस्ता काम सम्पन्न भएको दाबी गरे।

मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका अनुभव बाँड्दै उनले जनतासँग प्रत्यक्ष संवाद नै अभियानको प्रमुख उपलब्धि भएको बताए। पालुङटारमा औद्योगिक क्षेत्र स्थापनाबारे चीनसँग भएको सहमति अघि बढाउने, सुशासन, सामाजिक न्याय, नागरिकता समस्या समाधान, मिटरव्याज पीडितलाई राहत, सामाजिक सुरक्षा विस्तार, विद्युत् तथा व्यापारिक सहकार्य, कृषि क्षेत्रमा प्रविधि प्रयोग जस्ता विषयलाई उनले आफ्नो कार्यकालका उपलब्धिका रूपमा प्रस्तुत गरे।

हितराज पाण्डेलगायतका नेताहरूले पनि सभालाई सम्बोधन गर्दै माओवादी केन्द्र नेतृत्वको सरकार र पार्टीले जनतामुखी काम गरिरहेको बताएका थिए। उपस्थित जनसमुदायले सहिदहरूको बलिदानलाई अविस्मरणीय ठहर गर्दै माओवादी आन्दोलनप्रति विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १० : ५२ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल