९ चैत्र २०८२, सोमबार | March 23, 2026

देशका प्रमुख शहरहरुमा जेन जी प्रदर्शन, बुटवल, नेपालगन्जमा पनि प्रदर्शन सुरु



बुटवल । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र मुलुकमा ब्याप्त भ्रष्टाचारका विरुद्ध देशभर जेन जी उमेरका युवाहरु प्रदर्शनमा उत्रिएका छन् । बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् । बिहानैदेखि प्लेकार्ड र नारासहित सडकमा उत्रिएका उनीहरूले सरकार र नेतृत्वविरुद्ध आवाज उठाएका हुन् ।

प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै “मलाई बोल्न दे सरकार”, “नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्” जस्ता नारा लगाएका थिए । राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन अस्पताल लाई तर्फ बढ्दै छ । प्रदर्शनमा युवाहरु निरन्तर थपिँदै गएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका निकट सन्तोष गिरीसहितका युवाहरू अग्रभागमा रहेर नाराबाजी गरेका थिए ।

उता नेपालगन्जमा पनि जेन जी उमेर समुहको प्रदर्शन सुरु भएको छ । स्थानीय बिपी चोकमा भेला भएका युवाहरु धम्बोझी चोक तर्फ अगाडि बढेका छन् । युवाहरुको प्रदर्शनमा उल्लेख्य उपस्थिती रहेको छ ।

सामाजिक सञ्जाल बन्दविरुद्ध काठमाडौंको माइतीघरलगायत देशभरका विभिन्न स्थानमा युवाहरूले प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १० : ५४ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय