काठमाडौं । सरकारले भदौ १९ गतेदेखि २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेको विरोधमा जेनजी पुस्ता राजधानीमा सडकमा उत्रिएको छ।
भ्रष्टाचार, नातावाद, कृपावाद र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध माइतीघरबाट सुरु भएको युवाहरूको जुलुस नयाँबानेश्वरतर्फ अघि बढेको छ।
सहभागीहरूले “सरकार, तेरो पाराले दु:ख पाए साराले” जस्ता नारासहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को स्वरमा विरोध जनाएका छन्। केही प्रदर्शनकारीले ओलीको पोस्टर च्यातेर आक्रोश प्रकट गरेका थिए।


















प्रतिक्रिया