पोखरा । कास्कीको पोखरामा सोमबार दिउँसो जेनजी पुस्ताले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ ।
पोखरा सभागृहबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो। त्यसपछि प्रहरीको बल प्रयोगमा अश्रुग्यास र रबरका गोली चलाइएको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पनि प्रदर्शन नियन्त्रणका लागि प्रहरीले रबरका गोली प्रहार गरेको पुष्टि गरेका छन् ।



















प्रतिक्रिया