१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

बाँकेका निजी बिद्यालयहरुमा आज शोक विदा



नेपालगन्ज । जेन जी आन्दोलनमा मृत्यु भएका बिद्यार्थीहरुको शोकमा प्याब्सन बाँकेले आजका लागि निजी विद्यालयमा शोक विदा दिएको छ । जेन(जी प्रदर्शनमा मृत्यु भएकाहरुको शोकमा आज (मंगलवार) एक दिन बाँकेका निजी विद्यालयहरुमा शोक विदा गरेको हो ।

प्रदर्शनका क्रममा बाँकेका २ जना सहित १९ जना बिद्यार्थी र किशोरहरुको मृत्यु भएको छ । शाहदात प्राप्त गरेका युवा बिद्यार्थी गुमाएको शोकमा शोक बिदा दिने निर्णय भएको प्ब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले बताए ।

जेन(जी प्रदर्शनमा नेपालगन्जका २३ वर्षीय सुलभराज श्रेष्ठ र आयुष थापाको मृत्यु भएको छ । प्याब्सन बाँकेका सल्लाहकार नरेन्द्र श्रेष्ठका एकमात्र छोरा धम्बोझीका सुलभ काठमाडौंमा इन्जिनियरिङ्ग पढ्दै थिए । बैदेशिक रोजगारीका लागि काठमाडोंमा पढ्दै गरेका आयुष नेपालगन्ज धम्बोझीका बासिन्दा भएको नागरिक अगुवा कृष्ण प्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : ४० बजे

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा