६ माघ २०८२, मंगलबार | January 20, 2026

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

अधिकारीले जेनजी युवाहरूले हिजो आयोजना गरेको प्रदर्शनमा भएको दमनप्रति असन्तुष्टि जनाउँदै पद छोडेका हुन्।

सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै अधिकारीले भनेका छन्, “साना बालबालिकासहित युवापुस्तामाथि भएको दमन र हत्या पश्चात सरकारमा निरन्तर बस्नु मेरो नैतिकताविपरीत छ। यसले मलाई अपराधबोध मात्र होइन, मेरो दलले दिएको शिक्षा र चेतनासँग पनि ठोक्किने अवस्था सिर्जना भएको छ। त्यसैले देश र जनतासमक्ष क्षमायाचना गर्दै मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु।”

उनले लोकतन्त्रमा प्रश्न सोध्ने र शान्तिपूर्ण रूपमा विरोध गर्ने अधिकारलाई राज्यले सम्मान गर्नुपर्ने बताउँदै, त्यसको सट्टा हत्या र हिंसात्मक दमन गर्नु अस्वीकार्य भएको उल्लेख गरेका छन्।

अधिकारीले युवापुस्तासँग सहकार्य गरेर देश निर्माण गर्नुपर्ने बेलामा उल्टै उनीहरूमाथि युद्धजस्तो व्यवहार गरिएको भन्दै यसको जवाफ खोजिनुपर्ने पनि बताएका छन्।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १० : २१ बजे

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज

शेरबहादुर देउवा चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको