९ माघ २०८२, शुक्रबार | January 23, 2026

टिनको टहरा बनाएर सामान्य सेवा दिँदै नेपालगन्ज उपमहानगर



नेपालगन्ज । जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि टिनको टहरा बनाएर सामान्य सेवा सुचारु गर्ने भएको छ । भदौ २४ गते अपरान्ह आगजनी गरिएपछि जलेर ध्वस्त भएको नेपालगन्ज उपमहानगरपालिकाले भोली आइतबारदेखि टिनको टहरा बनाएर सामान्य सेवा सुचारु गर्ने भएको हो ।

कार्यालयको कर्मचारीले आगजनी भएको भोलिपल्टैबाट सरसफाई सुरु गरेका थिए ।

तत्काललाई टिनको टहरा बनाएर अस्थायी सेवा प्रवाह स्थल खडा गरेर सेवा सुचारु गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बताए । उनले सुरुका केही दिन सामान्य प्रकृतिको सेवा प्रदान गरिने जानकारी दिए ।

उपमहागरको स्वास्थ्य सेवा भने लगातार सुचारु रहेको स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताए ।

आगजनीपछि क्षतिग्रस्त बाँकेका अन्य एक दर्जन बढी सरकारी कार्यालय भने अझै सेवा सुचारु गर्न सक्ने अवस्थामा छैनन् ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  २ : २५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा