१४ चैत्र २०८२, शनिबार | March 28, 2026

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ



सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् ।

यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकोमा अहिलेसम्ममा ७०५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । उनका अनुसार प्रदर्शनका क्रममा भदौ २४ गते राति १०० बढीको सङ्ख्यामा आएका प्रदर्शनकारीले झुम्का कारागार प्रवेश गरेर क्षति पुर्‍याउन थालेपछि कैदीबन्दी भागेका थिए ।

कारागारमा बाहिरबाट युवाको दबाब र भित्रका कैदीबन्दीले आगो लगाउने धम्की दिएपछि करागार प्रशासनले थप क्षति हुन नदिन प्रवेशद्वारमा सुरक्षा व्यवस्था खुकुलो गराइएको प्रहरी उपरीक्षक तिम्सिनाले बताए । उनका अनुसार करागारमा रहेका दुई वटा ब्लकमध्ये २२७ बाहेक एकैसाथ एक हजार ५७२ जना कैदीबन्दी भागेका थिए ।

कारागारमा भारतीय तथा विदेशी ६५ जनासहित बाँकी नेपाली कैदी रहेकामा सबै भारतीय कैदीबन्दी भागेको उपरीक्षक तिम्सिनाले जानकारी दिए । सोमबार रातिसम्ममा ७०५ जनालाई नियन्त्रणमा लिइएको बताउँदै उनले अन्यको खोजीकार्य जारी रहेको उल्लेख गरे ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ९ : ०३ बजे

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने