२० माघ २०८२, मंगलबार | February 3, 2026

आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा बाँकेमा शालिकराम पाठक र दीपक टमाटा पक्राउ



नेपालगन्ज । ‘जेन–जी’ आन्दोलनको बहानामा नेपालगन्जका सरकारी कार्यालयहरूमा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ पर्न थालेका छन् । सर्वसाधारणलाई आगजनी, तोडफोड र लुटपाट गर्दाको अवस्थाका फोटो, भिडियो पठाउन आग्रह गरेको बाँके प्रहरीले सोही आधारमा कारवाही अभियान थालेको हो ।

प्रहरीले आगजनी र लुटपातमा संलग्न देखिएका दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा नेपालगञ्ज जयसपुरका शालिकराम पाठक र दीपक टमाटा रहेका छन् । प्रहरीका अनुसार पाठकमाथि नेपालगञ्ज उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालयलगायतका सरकारी कार्यालय र सवारीसाधनमा आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोप छ भने टमाटामाथि यातायात ब्यवस्था कार्यालयमा लुटपात गरेर सामानहरु लगेको आरोप रहेको छ ।

बाँकेका प्रहरी प्रवक्ता नायब उपरीक्षक (डिएसपी) दीपक पातलीले दुईजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको बताए । उनले आन्दोलनको नाममा अराजक क्रियाकलापमा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान भइरहेको जानकारी दिए ।

आन्दोलनकै क्रममा नेपालगन्ज र कोहलपुर क्षेत्रमा सरकारी तथा व्यक्तिगत संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो । प्रहरीले यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन थप अभियान चलाइरहेको जनाएको छ ।

प्रहरीले सोमबार एक सूचना जारी गर्दै लुटपात गरिएका सामानहरु फर्काउन, प्रहरीका हात हतियार तथा पोशाक फिर्ता गर्न र त्यसमा संलग्न देखिएका फोटो तथा भिडियो फुटेजहरु प्रहरीलाई उपलब्ध गराउन आग्रह गरेको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १० : २१ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि