७ पुस २०८२, सोमबार | December 22, 2025

जेनजी प्रदर्शनमा र्मत्यु भएका कुलुङको शव जिल्ला ल्याइयो



सङ्खुवासभा । गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी प्रदर्शनका क्रममा र्मत्यु चएका सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-३ का २१ वर्षीय प्रवीन कुलुङको पार्थिव शरिरलाई सङ्खुवासभा ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्ट मार्फत् कुलुङको शव आज बिहान ल्याइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिए । प्रतिकूल मौसमका कारण कुलुङको शव मङ्गलबार ल्याउन नसकिएपछि विराटनगरमै राखिएको थियो ।

सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरिरमा गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए ।

श्रद्धाञ्जली सभापश्चात् मृतकका आफन्तलाई शव बुझाइएको थियो । सिलिचोङ-३ स्थित लकुवामा कुलुङ जातिको जातीय संस्कारअनुसार कुलुङको अन्त्येष्टि गरिने सिलिचोङ गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । किशोर कुलुङका छोराहरु मध्ये प्रवीन माइला भएको जनाइएको छ । प्रवीनको निधनले सिलिचोङसहित सङ्खुवासभामा शोकमा ढुबेको छ । स्थानीयहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  २ : २४ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत