१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपाल प्रहरीमा ४८ एसपीको सरुवा, कपिलवस्तुमा आचार्य, दाङमा श्रेष्ठ



काठमाडौं । नेपाल प्रहरीले ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को व्यापक सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै सुरु गरिएको यो प्रक्रिया अन्तर्गत सरुवा सूची सार्वजनिक भएको हो ।

मंगलबार गरिएको सरुवा सूची बुधबार मात्रै सार्वजनिक गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका एसपीहरूको जिम्मेवारी तोकिएको स्थानमा तत्काल लागू हुनेगरी पठाइएको छ ।

सूचीअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारु खटिएका छन् । त्यस्तै, पर्सामा सुदिपराज पाठक, बाँकेमा अंगुर जिसी, कास्कीमा नवीन कार्की, मोरङमा कवित कटवाल, सुनसरीमा केशव थेवे पठाइएका छन् ।

भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमा युवराज खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई जिम्मेवारी तोकिएको छ ।

प्रहरी स्रोतका अनुसार अन्य जिल्लाहरूमा समेत सरुवा भएका एसपीहरूले क्रमशः पदस्थापन स्थलमा गएर काम सुरु गरिसकेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ७ : ३१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा