काठमाडौं । काठमाडौंको बनस्थलीमा आज बिहान बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । स्वयम्भुबाट नयाँ बसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१-००६ ख ७५४३ नम्बरको बसले सिद्धार्थ बनस्थली स्कुल अगाडि पैदलयात्रीलाई ठक्कर दिँदा ६८ वर्षीय जसबहादुर मगरको मृत्यु भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मृतक मगर संखुवासभा खाँदबारी घरभई हाल काठमाडौं बस्दै आएका थिए ।
प्रहरीले जनाएअनुसार घटना आज बिहान करिब साढे ५ बजे भएको हो ।


















प्रतिक्रिया