१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द



चितवन । यहाँको पर्यटकीय क्षेत्र सौराहाका होटलहरुमा पर्यटकले धमाधम बुकिङ रद्ध गरेका छन् । पर्यटकीय याममा समेत पर्यटकले बुकिङ् रद्द गरेका हुन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरराष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुँदा अधिकांश होटलका बुकिङ रद्द भएको जनाइएको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डेले सेप्टेम्बरका लागि बुकिङ भएका होटल शत प्रतिशत रद्द भएको जानकारी दिए। उनका अनुसार आगामी महिनाहरुका लागि भएका बुकिङ पनि रद्द भइरहेको छ ।

“यो महिनामा ६५ देखि ७० प्रतिशत होटलका कोठा बुकिङ् भएका थिए”, उनले भने, “अहिले एकरदुई वटा कोठामा मात्र पर्यटक छन् ।”

देशभर आन्दोलन चलिरहँदा पनि सौराहाका होटलहरुमा पर्यटक राम्रै सङ्ख्यामा थिए । तर उनीहरु गएपछि थप पर्यटक आएनन् । क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष दीपक भट्टराईले अन्तरराष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह भएकाले ट्राभल एजेन्सीमार्फत पर्यटकले सुरक्षित हुन नसकिने भन्दै दैनिक एक सय हाराहारीमा इमेल र म्यासेज पठाइरहेको बताताए ।

उनका अनुसार अहिले सौराहामा होटलको क्षमताको तुलनामा पाँच प्रतिशत पनि पर्यटक छैनन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि पर्यटक सौराहा आउने गर्दछन् । यो निकुञ्ज जङ्गल सफारीका लागि विश्वमै परिचित छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १२ : २३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा