काठमाडौं । भदौ २३ र २४ गतेका ध्वंसात्मक घटनापछि खुलेको सेयर बजारमा बुधबार लगातार तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेपछि आजको कारोबार स्थगित भएको छ । कारोबार स्थगित हुनुअघि बजार ६ प्रतिशतले ओरालो लागेको थियो ।
कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि बजार २० मिनेटका लागि रोकिएको थियो । पुनः खुलेको कारोबारमा थप १ प्रतिशत घट्दा कुल ५ प्रतिशत पुगेर ११ः२३ बजे दोस्रो सर्किट ब्रेक लाग्यो ।
दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि बजार बन्द रह्यो । १२ः०४ बजे पुनः खुलेको बजारमा फेरि १ प्रतिशत घट्दा कुल ६ प्रतिशत पुगेपछि तेस्रो सर्किट ब्रेक लाग्दै आजको कारोबार पूर्ण रूपमा रोकियो ।
६ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक १६० अंकले घटेर २५११ मा झरेको छ । आज कुल करिब ४ मिनेट मात्रै कारोबार भई ७२ करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।


















प्रतिक्रिया