१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एशिया कप सुपर फोरमा बंगलादेशको रोमाञ्चक जित



काठमाडौं । एशिया कप सुपर फोर अन्तर्गतको रोचक खेलमा बंगलादेशले श्रीलंकामाथि चार विकेटको नाटकीय जित हात पारेको छ । श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले एक बल बाँकी रहँदा ६ विकेटको क्षतिमा पूरा गरेको हो । अन्तिम ओभरमा दुई विकेट गुमाए पनि बंगलादेशले धैर्य प्रदर्शन गर्दै आवश्यक एक रन जोड्दै विजय हासिल गरेको छ ।

यस जितसँगै बंगलादेशले सुपर फोरमा महत्त्वपूर्ण अंक जोडेको छ भने श्रीलंकाको यात्रा भने थप कठिन बनेको छ ।

सुरुमा ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । कप्तान दासुन शानाकाले उत्कृष्ट प्रदर्शन गर्दै ३७ बलमा ६४ रनको नटआउट अर्धशतक प्रहार गरे । तर अन्य ब्याट्सम्यानहरूबाट उल्लेख्य योगदान नआएपछि श्रीलंकाले ठूलो स्कोर बनाउन सकेन ।

बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमान घातक बने । उनले चार ओभरमा मात्र २० रन खर्चेर तीन विकेट लिएका थिए । साथै माहीदी हसनले पनि दुई विकेट हात पारे ।

१६९ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको बंगलादेशका लागि सैफ हसन र तौहिद हृदयोले शानदार अर्धशतक बनाए । हसनले ४५ बलमा ६१ रन प्रहार गरे भने हृदयोलाई रोक्न श्रीलंकाली बलर असफल भए, उनले ३७ बलमा ५८ रन जोडे । लिटन दासले पनि २३ रनको योगदान दिए ।

यो जितसँगै बंगलादेशले सुपर फोरमा आफ्नो अभियानलाई बलियो बनाएको छ भने श्रीलंकाले अब पाकिस्तान र भारतजस्ता शक्तिशाली टिमसँग खेल्नुपर्ने भएकाले दबाब झनै बढेको छ ।

सुपर फोर अन्तर्गत आज राति भारत र पाकिस्तानबीच बहुप्रतिक्षित भिडन्त हुने तय भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ४७ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै