१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

धादिङको जवाङ खोलामा सुक्खा पहिरो, मुग्लिन-काठमाडौं सडक दुईतर्फी अवरुद्ध



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१०, जवाङ खोलामा सुक्खा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ ।

गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर राति नै फेरि ठूलो पहिरो खसेपछि सडक पुनः दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार निरन्तर पहिरो झर्ने क्रम नरोकिएकाले अहिले पहिरो पन्छाउने कार्य गर्न नसकिएको हो । यसले गर्दा यात्रु र सवारी चालक दलका सदस्यहरु बाटोमै अलपत्र परेका छन् । प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा बस्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ ।

यसअघि गत शुक्रबार मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोलामा खसेको पहिरोका कारण ४० घण्टासम्म सडक बन्द हुँदा यात्रुहरूलाई ठूलो सास्ती भएको थियो । त्यहीबेला सडकमा परेको गाडीको चाप अझै सामान्य नहुँदै जवाङ खोलामा पहिरो खस्दा दशैं मनाउन गाउँ फर्किनेहरूको यात्रा झन् कष्टकर बनेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : १९ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा