८ पुस २०८२, मंगलबार | December 23, 2025

धादिङको जवाङ खोलामा सुक्खा पहिरो, मुग्लिन-काठमाडौं सडक दुईतर्फी अवरुद्ध



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१०, जवाङ खोलामा सुक्खा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ ।

गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर राति नै फेरि ठूलो पहिरो खसेपछि सडक पुनः दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार निरन्तर पहिरो झर्ने क्रम नरोकिएकाले अहिले पहिरो पन्छाउने कार्य गर्न नसकिएको हो । यसले गर्दा यात्रु र सवारी चालक दलका सदस्यहरु बाटोमै अलपत्र परेका छन् । प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा बस्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ ।

यसअघि गत शुक्रबार मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोलामा खसेको पहिरोका कारण ४० घण्टासम्म सडक बन्द हुँदा यात्रुहरूलाई ठूलो सास्ती भएको थियो । त्यहीबेला सडकमा परेको गाडीको चाप अझै सामान्य नहुँदै जवाङ खोलामा पहिरो खस्दा दशैं मनाउन गाउँ फर्किनेहरूको यात्रा झन् कष्टकर बनेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : १९ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक