२० मंसिर २०८२, शनिबार | December 6, 2025

परिस्थिति अत्यन्त जटिल, विकराल र गम्भीर बन्दैछ : प्रचण्ड

नेतृत्व हस्तान्तरण प्रक्रियागत ढंगले हुनेछ, तर जिम्मेवारी छोडेर भाग्दिन



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थिति अत्यन्त जटिल, विकराल र गम्भीर बनेको टिप्पणी गरेका छन्।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘आज देखिएको अवस्था शब्दमा बयान गर्न पनि गाह्रो भइरहेको छ,’ उनले भने, ‘यस्तो चुनौतीपूर्ण अवस्थामा आन्दोलनलाई सुदृढ बनाउन विशेष महाधिवेशनसम्म जानुपर्ने देखिन्छ।’

प्रचण्ड’ले नेतृत्व हस्तान्तरणबारे स्पष्ट धारणा राख्दै आफू पदमा सधैंभर रहन इच्छुक नभएको बताए। तर, अहिलेको विषम परिस्थितिमा जिम्मेवारी छोडेर भाग्ने या पलायन गर्ने कुरा भने अस्वीकार्य हुने उनको भनाइ छ।

प्रचण्डले भने, “केहीले भनेझैं मलाई सधैंभर पार्टी प्रमुख रहन मन छैन। नेतृत्व हस्तान्तरणका लागि हामी तयार हुनै पर्छ। जेनजी आन्दोलनपछि निश्चित प्रक्रिया र विधिबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्नेबारे म पहिले नै सार्वजनिक अपिल गरिसकेको छु।”

उनले वैज्ञानिक, वस्तुवादी विधि र विकल्पसहित पार्टीभित्र नेतृत्व हस्तान्तरण हुनेमा जोड दिँदै तर अहिलेको संवेदनशील अवस्थामा जिम्मेवारीबाट पन्छिन नहुने उल्लेख गरे। “पार्टीलाई छोडेर भाग्ने, जिम्मेवारीबाट पलायन गर्ने वा देश-जनतालाई धोका दिने म पक्कै होइन,” उनले भने।

प्रचण्डले पार्टी नेतृत्वमा आउँदा पनि बल प्रयोग नगरेको स्मरण गर्दै अहिले पनि ‘हुनै पर्छ’ भन्ने सोच नरहेको बताए। उनले पार्टीले दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै मुलुकभित्र विदेशी चलखेल र हस्तक्षेप बढिरहेको सन्दर्भमा जिम्मेवार ढंगले र विधिसम्मत रूपमा नेतृत्व हस्तान्तरण गरिने स्पष्ट गरे।

उनले नयाँ विचार, योजना, संगठनात्मक संरचना र कार्यशैलीमार्फत पार्टीलाई सुदृढ पार्दै संकट सामना गर्नुपर्नेमा जोड दिए। “जेनजी आन्दोलनका मागप्रति समर्थन गर्दै राज्य दमनको विरुद्ध उभिएको हाम्रो पार्टीले आन्दोलनको भावना अनुसार नै केन्द्रीय पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति विघटन गरी यही बैठकबाट आयोजक समिति बनाएर विशेष महाधिवेशनतर्फ जानेछ,” प्रचण्डले भने।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  १२ : ४१ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल