९ चैत्र २०८२, सोमबार | March 23, 2026

परिस्थिति अत्यन्त जटिल, विकराल र गम्भीर बन्दैछ : प्रचण्ड

नेतृत्व हस्तान्तरण प्रक्रियागत ढंगले हुनेछ, तर जिम्मेवारी छोडेर भाग्दिन



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थिति अत्यन्त जटिल, विकराल र गम्भीर बनेको टिप्पणी गरेका छन्।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘आज देखिएको अवस्था शब्दमा बयान गर्न पनि गाह्रो भइरहेको छ,’ उनले भने, ‘यस्तो चुनौतीपूर्ण अवस्थामा आन्दोलनलाई सुदृढ बनाउन विशेष महाधिवेशनसम्म जानुपर्ने देखिन्छ।’

प्रचण्ड’ले नेतृत्व हस्तान्तरणबारे स्पष्ट धारणा राख्दै आफू पदमा सधैंभर रहन इच्छुक नभएको बताए। तर, अहिलेको विषम परिस्थितिमा जिम्मेवारी छोडेर भाग्ने या पलायन गर्ने कुरा भने अस्वीकार्य हुने उनको भनाइ छ।

प्रचण्डले भने, “केहीले भनेझैं मलाई सधैंभर पार्टी प्रमुख रहन मन छैन। नेतृत्व हस्तान्तरणका लागि हामी तयार हुनै पर्छ। जेनजी आन्दोलनपछि निश्चित प्रक्रिया र विधिबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्नेबारे म पहिले नै सार्वजनिक अपिल गरिसकेको छु।”

उनले वैज्ञानिक, वस्तुवादी विधि र विकल्पसहित पार्टीभित्र नेतृत्व हस्तान्तरण हुनेमा जोड दिँदै तर अहिलेको संवेदनशील अवस्थामा जिम्मेवारीबाट पन्छिन नहुने उल्लेख गरे। “पार्टीलाई छोडेर भाग्ने, जिम्मेवारीबाट पलायन गर्ने वा देश-जनतालाई धोका दिने म पक्कै होइन,” उनले भने।

प्रचण्डले पार्टी नेतृत्वमा आउँदा पनि बल प्रयोग नगरेको स्मरण गर्दै अहिले पनि ‘हुनै पर्छ’ भन्ने सोच नरहेको बताए। उनले पार्टीले दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै मुलुकभित्र विदेशी चलखेल र हस्तक्षेप बढिरहेको सन्दर्भमा जिम्मेवार ढंगले र विधिसम्मत रूपमा नेतृत्व हस्तान्तरण गरिने स्पष्ट गरे।

उनले नयाँ विचार, योजना, संगठनात्मक संरचना र कार्यशैलीमार्फत पार्टीलाई सुदृढ पार्दै संकट सामना गर्नुपर्नेमा जोड दिए। “जेनजी आन्दोलनका मागप्रति समर्थन गर्दै राज्य दमनको विरुद्ध उभिएको हाम्रो पार्टीले आन्दोलनको भावना अनुसार नै केन्द्रीय पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति विघटन गरी यही बैठकबाट आयोजक समिति बनाएर विशेष महाधिवेशनतर्फ जानेछ,” प्रचण्डले भने।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  १२ : ४१ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल