१४ चैत्र २०८२, शनिबार | March 29, 2026

पूर्व गोरखा सैनिक राईको लोभलाग्दो बाख्रापालन व्यावसाय



भोजपुर । यहाँका टेम्केमैयुङ गाउँपालिका-२, सिरदलीका सूर्यप्रसाद राई ३० वर्ष ब्रिटिस सेनामा सेवा गरेर अवकाशपछि आफ्नै गाउँ फर्किएर बाख्रापालन व्यवसायमा लागेका छन । आफूले कमाएको रकम र सीपलाई सदुपयोग गर्दै व्यावसायिक बाख्रापालनमा जुटेका उनी अहिले समाजमा उदाहरणीयसमेत बनेका छन ।

आफूलाई विदेशमा बस्ने सुविधा हुँदाहुँदै पनि नेपालको मायाले यहाँ फर्केर बाख्रापालन व्यवसायमा लागको उनले बताए । समाजलाई केही सेवा गर्ने लक्ष्यले विसं २०७५ बाट व्यावसायिक रुपमा बाख्रापालन गरिरहेको उनले बताए । “करिव ३० वर्ष ब्रिटिस सेनामा जागिर खाएँ” उनले भने, “मलाई त्यही बस्ने पनि सुविधा थियो । तर म गाउँमा फर्केर समाजको लागि उदाहरणीय बन्ने सोचले व्यावसायिक कृषि पेसामा लागेको हुँ ।” उनले अम्बा कृषि बाख्रापालन फर्म दर्ता गरेर व्यावसायिक रुपमा यो पेसामा लागेका हुन । करिब बाह्र रोपनी बढी क्षेत्रफल रहेको फर्ममा अहिले, वोयर, स्थानीय खरीजातलगाएतका बाख्रा रहेका छन् । व्रिटिस सरकारले त्यहाँ बस्नको लागि दिएको नागरिकता त्यागेर यो व्यवसायमा जोडिएको उनको भनाइ छ ।

उनले आफ्नै बारीमा सुन्तला, कागती, रुद्राक्षको पनि खेती गरिरहेको बताए । आफूलाई पेन्सनको रुपमा आएको पैसाले राम्रोसँग जीविकोपार्जन गर्न पुग्ने भएपनि समाजका मानिसहरुलाई केहि ज्ञान दिने लक्ष्यले व्यवसायमा लागेको उनको भनाइ छ ।

व्रिटिस सेनाको जागिर पश्चात उनले गाउँमा गरिरहेको बाख्रापालन व्यवसाय समाजको लागि अनुरकरणीयसँगै उदाहरणीय रहेको टेम्केमैयुङ-३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । व्यावसायिक रुपमा बाख्रापालन तथा अन्य कृषि व्यवसायमा लागेका किसानहरुलाई स्थानीय सरकारकाले पनि आवश्यक प्रोत्साहन गरिरहेको वडाध्यक्ष राईले बताए । व्यवसायमा लागेको किसानलाई थप उर्जा थप्न उन्नत जातको बोका वितरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ७ : २९ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको