१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नवरात्री मेलामा संस्कृति जोगाउँदै युवापुस्ता


१४ आश्विन २०८२, मंगलबार  

26
Shares

भक्तपुर । यहाँका नेवार समुदायका युवा पुस्ता दसैँमा परम्परागत बाजा बजाउँदै संस्कृति संरक्षणमा सक्रिय भएका छन् ।
घटस्थापनादेखि यहाँ लाग्ने नौराते अर्थात नवरात्री मेलामा युवायुवतीको समूहले धिमेलगायतका बाजा बजाउँदै आ–आफ्नो टोलबाट मन्दिर जाने र फर्किने गरेका छन् । त्यसरी बाजा बजाउँदै जानेआउनेको समूहले रात गुञ्जयामान हुने गरेको छ  । नेवारी पोसाकमा सजिएका उनीहरुले टोलटोलबाट धिमे, बाँसुरी, झ्यालीलगायत बाजा बजाउँदै मन्दिर गएपछि नवरात्री मेलाको रौनकता थपिएको स्थानीय बताउँछन् ।
घटस्थापनादेखि नवमीको रातिसम्म यस्ता बाजाले दसैँको रौनकता थपिने टौमढीका स्थानीय विजय धौभडेल बताउँछन्। मेला भर्न शक्तिपीठ आउँदा दसैंँ अवधिमा साँझ र राति भक्तपुर बाजागाजाको धुनले गुञ्जायमान हुने दत्तात्रयका रामचन्द्र प्रजापति बताउँछन् ।
धिमे बजाउँदै नवरात्री मेलामा सहभागी हुन आएकी प्रतिमा श्रेष्ठले भनिन, “बाजा बजाउँदा आनन्द आउँछ । यो हाम्रो पूर्खाको देन पनि हो, पहिला केटी मान्छेले बाजा बजाउनु हुदैन भन्थे, अहिले त्यस्तो छैन । त्यसैले बाजामा आकर्षित भएको हुँ ।”
बाजा बजाउँदै मेला भर्न आउने युवतीको सङ्ख्या पनि हरेक वर्ष बढ्दै गएको छ । “पहिले बाजा बजाउनेमा बढी सङ्ख्या युवकको हुन्थे भने अहिले बाजाप्रति युवतीको आकर्षण उत्तिकै बढेको छ”, बाजा टोलीमा झ्याली बजाउँदै आएकी सुनिता खर्बुजाले भनिन। बाजाको प्रशिक्षण लिएपछि जात्रा र पर्वहरुमा बाजा बजाउन थालेको उनले बताइन ।
भक्तपुरका संस्कृतिविद् प्रकाश धौभडेलले बाजाप्रति युवायुवतीको आकर्षण बढेको देखेर लापोन्मुख बाजाहरुको संरक्षण हुनेमा ढुक्क भएको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ४ : ४४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा