१५ माघ २०८२, बिहिबार | January 29, 2026

सप्तकोशीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो



सुनसरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । पानीको सतह उच्च भएपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहेकाले आज बिहान ८:१५ बजे पानीको प्रवाह प्रति सेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेक नाघेपछि सबै ढोका खोलिएको हो ।

उनले भने, “पानीको सतह लगातार बढ्दै गइरहेको छ । जोखिमको सङ्केतस्वरूप ब्यारेजमा रातो बत्ती बालिएको र रातो झण्डा फहराइएको छ ।”

सप्तकोशी जलमापन कन्ट्रोल रुमले पनि जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको पुष्टि गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मिश्रले उदयपुर र सुनसरीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । बाढीका कारण केही स्थानमा जोखिम बढ्न सक्ने उनले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १२ : १६ बजे

काठमाडौं र तराई क्षेत्र हुस्सु-कुहिरोले ढाकियो , हवाई उडान प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकासहित तराई-मधेशका विभिन्न जिल्लामा आज बिहान बाक्लो

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका-६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान । धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको