१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

पूर्वएआईजी देवेन्द्र सुवेदी विरुद्ध प्रचण्डको सचिवालयद्वारा साइबर ब्यूरोमा उजुरी



काठमाडौं । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ ।

सुवेदीले विभिन्न सामाजिक सन्जालमार्फत नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्कमल दाहाल प्रचण्ड विरुद्ध भ्रामक र तथ्यहीन प्रचार गरेको भन्दै सचिवालयले उजुरी गरेको हो ।
सुवेदीले प्रचण्डको निवासबाट घर जलाइनु भन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा दुई करोड रुपैया लगेर लुकाइएको आरोप लगाएका थिए ।

यसरी झुठ्ठा सामग्री प्रबाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएका कारण उजुरी दिनुपरेको प्रचण्डको सचिवलयले भनेको छ ।

सचिवालयले भनेको छ, ‘सामाजिक संजालबाट पार्टी नेतृत्वबिरुद्ध चरित्रहत्या गरिदा गम्भीर साइबर अपराध भएकाले निज देबेन्द्र सुवेदी बिरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ । संयोजकको सचिवालयका तर्फबाट हिजो ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहको माग गरिएको छ ।’

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १० : ४७ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित