१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेपाली भूमि सुस्ताको विषयमा जागरण ल्याउन बुटवलमा कार्तिक १४ गते वृहत अन्तरक्रिया हुने



बुटवल । नेपाली भूमि सुस्ताको विषयमा युवा पुस्तामा जानकारी र जागरण ल्याउने उद्देश्यसहित बुटवलमा कार्तिक १४ गते वृहत अन्तरक्रिया हुने भएको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा आयोजना हुने उक्त अन्तरक्रियामा रुपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पाका युवा विद्यार्थीहरू सहभागी हुनेछन् ।

सुस्ता बचाऔँ युवा अभियान नवलपरासीको आयोजनामा हुने कार्यक्रममा राष्ट्रिय भौगोलिक अखण्डता, वीर पुर्खाहरूको योगदान र युवाहरूको भूमिका विषयमा छलफल हुनेछ । आयोजकका अनुसार हरेक जिल्लाबाट कम्तीमा ५० जना विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ ।

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संयोजक योगेन्द्र गौतमले कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी देशको सीमारेखा, राष्ट्रियता र युवाको भूमिकासम्बन्धी अन्तरक्रिया गरिने बताए ।

कार्यक्रममा सुस्तासँग सम्बन्धित डकुमेन्ट्री प्रदर्शनसँगै प्रमुख वक्ता रूपमा सीमाविद् बुद्धिनारायण श्रेष्ठ र नेपाली सेनाका पूर्व उपरथी तथा राष्ट्रिय रक्षाविद् डा. पूर्णबहादुर सिलवालले प्रशिक्षण दिने बताइएको छ ।

कार्यक्रम लखन ब्रदर्स क्लब, निजी तथा सामुदायिक विद्यालयहरूको सहकार्यमा आयोजना हुँदैछ । सो अवसरमा बोल्दै दीप बोर्डिङ हाइस्कूलका प्राचार्य टिकाराम न्यौपाने, नविन औद्योगिक कदरबहादुर रितामाविका प्राचार्य प्रेमबहादुर बस्नेत र नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले कार्यक्रमले युवामा राष्ट्रिय सचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ३७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले