काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छिन् ।
स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत सम्हाल्दै आएकी प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर नर्सहरूको आन्दोलनबारे जानकारी लिँदै तत्काल समस्या समाधानका लागि ठोस कदम चाल्न निर्देशन दिइन् ।
प्रधानमन्त्री कार्कीले दक्ष जनशक्तिलाई न्यून पारिश्रमिकमा राख्नु अनुचित रहेको बताउँदै समस्या समाधान नगरे ठूलो संख्यामा स्वास्थ्यकर्मी विदेश पलायन हुने जोखिम बढ्ने चेतावनी दिइन् ।
स्वास्थ्य मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक पाँचौं तह बराबर अर्थात् ३४ हजार ७३० रुपैयाँ निर्धारण गरेको भए पनि, उक्त निर्णय कार्यान्वयन नहुँदा कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा रहेका छन् ।



















प्रतिक्रिया