१ चैत्र २०८२, आइतबार | March 15, 2026

नर्सहरूको समस्या तत्काल समाधान गर्न स्वास्थ्य सचिवलाई प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छिन् ।

स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत सम्हाल्दै आएकी प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर नर्सहरूको आन्दोलनबारे जानकारी लिँदै तत्काल समस्या समाधानका लागि ठोस कदम चाल्न निर्देशन दिइन् ।

प्रधानमन्त्री कार्कीले दक्ष जनशक्तिलाई न्यून पारिश्रमिकमा राख्नु अनुचित रहेको बताउँदै समस्या समाधान नगरे ठूलो संख्यामा स्वास्थ्यकर्मी विदेश पलायन हुने जोखिम बढ्ने चेतावनी दिइन् ।

स्वास्थ्य मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक पाँचौं तह बराबर अर्थात् ३४ हजार ७३० रुपैयाँ निर्धारण गरेको भए पनि, उक्त निर्णय कार्यान्वयन नहुँदा कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा रहेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  २ : ३१ बजे

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय