७ पुस २०८२, सोमबार | December 22, 2025

“नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ” प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न सबै नेपालीलाई आह्वान गरेकी छन् । तिहार, म्हं पूजा, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा सोमबार जारी गरेको शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई हार्दिक शुभकामना दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले सन्देशमा भनिन्, “कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो । कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ ।”

उनले स्थिरता र सुशासनको दिशामा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै भनिन्, “छ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन हामी दत्तचित्त भएर लागेको छौँ। राजनीतिक संवाद र सुरक्षास्थिति सुधारको काम सन्तोषजनक रूपमा अघि बढिरहेको छ ।”

प्रधानमन्त्रीको सन्देशमा आगामी फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने सरकारको स्पष्ट प्रतिबद्धता दोहोर्याइएको छ। सन्देशमा भनिएको छ, “सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो ।”

प्रधानमन्त्री कार्कीले भदौ महिनामा भएको जेनजी आन्दोलनले सरकारलाई जुन भरोसा र दायित्व सुम्पेको छ, त्यसको सम्मान गर्दै समावेशी, पारदर्शी र उत्तरदायी शासनमार्ग अवलम्बन गर्ने प्रतिबद्धता प्रकट गरेकी छन् । उनले भनिन्, “जेनजीले चाहेको सुशासन र विकासको आधारशिला तयार भइसकेको छ । अब हामी सबैको साझा जिम्मेवारी त्यसलाई सुदृढ बनाउने हो ।”

दीपावली, म्हं पूजा, नेपाल संवत् र छठ जस्ता पर्वलाई आशा, विश्वास र समृद्धिको प्रतीक बताउँदै प्रधानमन्त्री कार्कीले सन्देशमा लेखेकी छन्, “यी पर्वहरूले अन्धकारमाथि उज्यालो, निराशामाथि आशा र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छन् । यही भावनासँगै हामी सबैले नयाँ यात्राको सुरुवात गर्नुपर्छ ।”

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ७ : ४१ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका