१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बस र कार ठोक्किँदा चितवनमा एकको मृत्यु



चितवन । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा आज साँझ बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ३ ख ९९८६ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बीएबी ५००८ नम्बरको कार एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालका अनुसार बसमा सवार रत्ननगर–१० की ३३ वर्षीया पूजा सुबेदीको उपचारका क्रममा भरतपुर अस्पतालमा साँझ मृत्यु भएको हो ।

बस चालकसहित नौ जना घाइते भई भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये बस चालक रत्ननगर–२ का ३६ वर्षका सुरज कँडेलको अवस्था मध्यम छ । त्यसैगरी सामान्य घाइतेमा गोरखा गण्डकी गाउँपालिका–५ का ३२ वर्षीय भोजराज काप्री, रत्ननगर–७ का २७ वर्षीय प्रभु नारायण महतो र उहाँका ८ वर्षीय छोरा रियान्स महतो, नुवाकोट थोप्रे गाउँपालिका–४ की ३५ वर्षीया सिता तामाङ, भरतपुर महानगरपालिका–१२ की ३७ वर्षीया शोभा आचार्य र उहाँकी ३ वर्षीया छोरी सदिक्षा आचार्य, राप्ती नगरपालिका–३ की २८ वर्षीया सबिता राई र गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ की ५५ वर्षीया माईता गुरुङ रहेका छन् ।

दुर्घटनामा संलग्न कार चालक काठमाडौं तारकेश्वर नगरपालिका–१० का ४४ वर्षीय सुवास भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर दुवै सवारीसाधनलाई अनुसन्धानका लागि राखेको जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ११ : ३७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले