१५ माघ २०८२, बिहिबार | January 29, 2026

यमद्वितीयमा बाँकेका मधेशी महिलाद्वारा ‘भुर्की पूजन’



नेपालगन्ज । पश्चिम नेपालका मधेसी समुदायमा तिहारको मुख्य दिन आज यमद्वितीया अर्थात् ‘भैयादुज’ मा भुर्की पूजन गरी आ–आफनो दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाई खवाएर मनाउँदै छन् ।

आज भाइटिकाको मुख्य साइतमा नै भुर्की पूजनको कार्य गरिने अवधी साहित्यकार विष्णुलाल कुमालले बताए ।

घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वन जगङ्लको चित्र बनाएर कुशलगायत विभिन्न काँडा राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने प्रचलन छ ।

उक्त सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाइको मूर्ति बनाई पूजा गरिन्छ । गाउँ टोलका सम्पूर्ण महिला एकजुट भई सामूहिक रूपमा भुर्की पूजन गर्दछन् । पूजाको क्रममा भाइबहिनीको सुख, समृद्धि र शान्तिका लागि विभिन्न कथा, कहानी सुनाउने गरिएको छ ।

भुर्की पूजनका क्रममा दिदीबहिनीले बिहानैदेखि व्रत बसेर आ—आफनो दाजुभाइको सुखशान्ति, उन्नति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन रहेको वरिष्ठ अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताए ।

आज पूजा गरिएको चिउरा भुर्की टाढा रहेका आफ्ना दाजुभाइलाई कात्तिक पूर्णिमासम्म खुवाउने प्रचलन छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ९ : १३ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण