१० चैत्र २०८२, मंगलबार | March 24, 2026

देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्टपति यादव



काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गरेका छन् ।
छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव, प्रेम र मेलमिलापको बन्धनमा बाँध्न सकोस्, यो पर्वले मुलुकलाई समृद्धि र समुन्नतिको बाटोमा अगाडि बढाउनका लागि सम्पूर्ण देशवासीलाई उच्च राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भन्ने कामनाका साथ पुनः हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”
उपराष्ट्रपति यादवले छठ पर्वलाई प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक व्रतालु उल्लेख गर्दै नहाय–खाय, खरना, अस्ताउँदो सूर्यलाई अघ्र्य र उदाउँदो सूर्यलाई अघ्र्य जस्ता धार्मिक अनुष्ठानका साथ मनाइने यो पर्व नयाँ पिँढीमा पुस्तान्तरण हुँदै जानु सकारात्मक भएको बताएकाछन् । छठ पर्वले हामीलाई खराब आचरण, व्यवहार र विचार त्याग्न प्रेरित गर्ने उनको भनाइ छ ।
सन्देशमा भनिएको छ, “अस्ताउँदो र उदाउँदो सूर्यदेवको पूजाआराधना गर्नु यो पर्वको विशेषता हो, सम्पूर्ण पृथ्वीलाई ऊर्जा र जीवन प्रदान गर्ने सूर्य देवता तथा परिवारजनको सुदीर्घ स्वास्थ्य प्रदान गर्ने छठी मैँयाको आराधनाले हामीलाई जीवनको स्रोतप्रति कृतज्ञ हुन सिकाउँदछ ।” निर्जला व्रत बसी नदी, तलाउ र जलाशयका पवित्र घाटहरूमा उभिएर अघ्र्य अर्पण गर्ने श्रद्धालुहरूको भक्तिभाव एवं आस्थाले मन, वचन र कर्ममा पवित्रता र शुद्धताको सञ्चार गर्ने विषय पनि शुभकामना सन्देशमा समावेश छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ८ : ३४ बजे

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।