३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमातर्फ फार्मेसी काउन्टर बिस्तार, ७ काउन्टरबाट सेवा



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत सेवा लिनेहरुको सङ्ख्या बढ्दै गएपछि फार्मेसी काउन्टरको सङ्ख्या थप गरिएको छ । सरकारले यस अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रमका लागि पहिलो प्रस्थान बिन्दुको मान्यता दिएपछि सेवा लिन आउनेको सङ्ख्या थप बढेको हो ।

सेवाग्राहीको चाप अत्याधिक बढेपछि यसलाई व्यवस्थापन गर्न फार्मेसी काउन्टरको सङ्ख्या बिस्तार गरिएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। इन्द्र ढकालले जानकारी दिए । – सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्नका लागि फार्मेसी काउन्टरमा हुने भिडलाई कम गर्न काउन्टर थप गरेर सेवा दिन लागिएको हो ।’- मेसु डा. ढकालले भने, ‘फार्मेसी काउन्टर बिस्तारसँगै सेवाग्राहीलाई अब केही सहज हुनेछ ।’

अस्पतालका स्वास्थ्य बीमा शाखा प्रमुख दिपेन्द्र पौडेलका अनुसार स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत ओपीडी सेवातर्फ दैनिक एकअजार २ सय बढी सेवाग्राही आउने गर्दछन् । यसैगरी आकस्मिक तर्फ सय जना बढी सेवाग्राही आउने गर्दछन् । अस्पतालमा भर्ना भएर उपचाररत बिरामीको सङ्ख्या दैनिक ७० देखि ८० जनासम्म हुने गरेको प्रमुख पौडेलले बताए । अस्पतालमा दैनिक एक हजार ५ सयको हाराहारीले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत फार्मेसीबाट सेवा लिने गरेका छन् ।

उनका अनुसार गएको आर्थिक वर्षमा स्वास्थ्य बीमा सेवा कार्यक्रम अन्तरगत अस्पतालबाट सेवा लिनेको सङख्या करिब १ लाख ६० हजार रहेको छ । अस्पतालले सो अवधिमा ३५ करोड बराबरको उपचार सेवा उपलब्ध गराएको थियो ।

अस्पतालका फार्मेसी इन्चार्ज पदम खनालका अनुसार यसअघि दुई वटा काउन्टरबाट सेवा दिइँदै आएकोमा अब ७ वटा काउन्टरबाट सेवा सञ्चालन हुनेछ । मँगलबारदेखिनै थप गरिएको काउन्टरबाट सेवा दिन थालिएको बताउँदै उनले यसलाई थप व्यवस्थित गर्ने काम भैरहेको उल्लेख गरे । स्वास्थ्य बिमा कार्यक्रमका लागि फार्मेसीमा हाल ८ जना कर्मचारीबाट सेवा प्रदान हुँदै आएको छ । आउन्टर बिस्तारसँगै ६ जना कर्मचारी थप गरिने उनले बताए । काउन्टर बिस्तारले सेवाग्राही लामो समयसम्म लाइनमा बस्नुपर्ने समस्या अन्त्य हुने अपेक्षा गरिएको फार्मेसी इन्चार्ज खनालले बताए ।

अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवालाई प्रभावकारी र चुस्त दुरुस्त बनाउनका लागि प्रयासरत रहेको उल्लेख गरे । सोही अनुसार अस्पतालमा फार्मेसी काउन्टर बिस्तार गरिएको उल्लेख गर्दै उनले धेरै हदसम्म जनगुनासोलाई यसले सम्बोधन गर्न सक्ने अपेक्षा गरे । अस्पतालमा सेवाग्राहीको चाप अत्याधिक बढ्दो रहेको बताउँदै अध्यक्ष श्रेष्ठले नयाँ भवन नबन्दासम्म अस्थायी संरचरनाहरु बिस्तार गरेर भएपनि सेवालाई सहज बनाउने प्रयासमा रहेको उल्लेख गरे ।

अस्पतालका बन्दै गरेको नयाँ भवनमा समेत व्यवस्थित संरचना र उपकरणहरुका साथै जनशक्ति व्यवस्थापन गर्नुपर्ने विषयमा लुम्बिनी प्रदेश सरकारलाई निरन्तर सुझाबहरु प्रस्तुत गरिराखेको उनले बताए । लुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाका रुपमा अस्पतालको अत्याधुनिक भवन निर्माणधिन अवस्थामा रहेको छ । अस्पतालको १२ तले भवन निर्माण भै रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ५ : ३५ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय