१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

कपिलवस्तुमा बस दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु, पाँचजना घाइते



कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासमा भएको बस दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेका अनुसार काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा. प्र. ०१-००६ ख ८५०६ नम्बरको यात्रुबस गएराति करिब २ बजे अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनाका क्रममा बसले बाटोमा हिँडिरहेका एक पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

अन्दाजी ५०-५५ वर्षका पहाडी मूलका ती पुरुषलाई उपचारका लागि चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पताल लगिएकोमा उनको मृत्यु भएको घिमिरेले बताए । मृतकको परिचय भने खुल्न बाँकी रहेको छ ।

बसमा सवार पाँचजना यात्रु घाइते भएका छन् । उनीहरूको उपचार चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको घिमिरेले जानकारी दिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको घिमिरेले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ७ : ५६ बजे

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड