९ चैत्र २०८२, सोमबार | March 23, 2026

निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा आएको छ : प्रवक्ता महत



पाटन । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको आजको वैठकमा धारणा राख्ने केन्द्रीय सदस्यले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताएका छन ।

उनका अनुसार अधिकांश केन्द्रीय सदस्यले राष्ट्रिय निर्वाचनलाई प्राथमिकता दिएर जानुपर्ने धारणा राख्दै सुरक्षाको प्रत्याभूति गर्न सरकारलाई दबाब दिँदै निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

“संसद् विघटनका विषयमा संवैधानिक कुरा पनि उठेको छ, नियमित महाधिवेशनमा नै जोड दिनुपर्छ भन्ने अधिकांशको धारणा छ, महाधिवेशन निर्वाचन अगाडि कि पछाडि भन्ने बहस जारी नै छ, अरु बाँकी साथीहरूले भोलि पनि धारणा राख्नेक्रम जारी छ”, उनले भने ।

आजको बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार वि.क., लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापति इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यसमितिको बैठक भोलि २०८२ कात्तिक १४ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा पुनःबस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ९ : ११ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी