९ चैत्र २०८२, सोमबार | March 23, 2026

राजनीतिक सङ्कट समाधानका लागि वाम पार्टीहरूको पुनर्गठन : पूर्वप्रधानमन्त्री खनाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा उत्पन्न राजनीतिक सङ्कट समाधानका लागि वाम पार्टीहरूको पुनर्गठन गर्नुपर्ने बताएका छन ।

आज यहाँ आयोजित भेलामा उहाँले पार्टीलाई व्यापक पुनर्गठन गरी सङ्गठनलाई थप सशक्त गर्न आवश्यक रहेको बताए ।

पूर्वप्रधानमन्त्री खनालले राजनीतिमा युवालाई अगाडि बढाउन पार्टी नेतृत्व पुस्तान्तरण गर्दै पुराना पुस्ताको नेतृत्वले बिदा लिनुपर्नेमा बताए । वामपन्थी शक्तिले पार्टीभित्रको आफ्ना वैचारिक दृष्टिकोण प्रष्ट गरी आन्तरिक विवाद हल गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसपछि गरिने एकता दीर्घकालीन हुने विचार व्यक्त गरे ।

“मुलुकमा छरिएका कम्युनिष्ट पार्टीमा नेतृत्व हस्तान्तरणको समस्याले कम्युनिष्ट आन्दोलन जुट्ने र फुट्ने प्रक्रियामा छ । वैचारिक दृष्टिकोणसहित नेतृत्व हस्तान्तरण गर्दै पार्टी पुनर्गठनको आवश्यकता छ । त्यसले मात्रै सामाजिक न्याय, आर्थिक रुपान्तरणका कार्यक्रम कार्यान्वयन गर्दै अगाडि बढ्न सकिन्छ”, खनालले भने ।

उनले मुलुकमा सुशासन कायम गर्न नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिँदै निष्पक्ष छानबिन प्रक्रियाबाट दोषी देखिएका नेतालाई पार्टी जिम्मेवारीबाट अलग गरिनपर्ने धारणा राखे ।

पार्टी महासचिव घनश्याम भुसालले कम्युनिष्ट पार्टीमा विकृति र विसङ्गति फैलिएकाले नेतृत्व हस्तान्तरणको कार्ययोजनासहित वाम एकता गर्नुपर्ने बताए । उनले राजनीतिलाई सही दिशा निर्देश गर्न वामशक्ति एकताबद्ध हुन जरुरी रहेको र पुराना पुस्ताको नेतृत्वले बिदा लिनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : ४४ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत