९ चैत्र २०८२, सोमबार | March 23, 2026

मर्मतपछि खुल्यो कागबेनी-छुसाङ सडक, चैले सडक मर्मत हुँदै



मुस्ताङ । बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका जोड्ने (कागबेनी-छुसाङ) नौ किलोमिटर सडक आजदेखि सञ्चालनमा आएको छ । शनिबारदेखि विभिन्न स्थानमा उपकरण प्रयोग गरी सुरु गरिएको कागबेनी-छुसाङ सडक आवश्यक मर्मतपछि आजदेखि सडकमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको पहलमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सुरक्षा निकाय र कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाको सहकार्यमा सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।

उनका अनुसार कागबेनी-छुसाङ अवरुद्ध सडक सञ्चालनमा आएसँगै बारागुङ मुक्तिक्षेत्र-३ छुसाङमा फसेका झण्डै ३५० भन्दाबढी सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् । “छुसाङमा कति सङ्ख्यामा सवारीसाधन अड्किएका छन् भनी प्रहरीचौकी कागबेनीलाई विवरण सङ्कलन गर्न भनेका छौँ, जीप, कार, मोटरसाइकल र मालवाहक गरी ३५० भन्दाबढी साधन अड्किएको भन्ने छ, छुसाङमा रोकिएका सबै सवारीसाधन जोमसोम झर्दै गरेका छन्”, उनले भने ।

कागबेनी–छुसाङसम्मको सडक सञ्चालनमा आए पनि कोरलानाका जोड्ने बारागुङ मुक्तिक्षेत्र-३ चैलेमा अवरुद्ध सडकको मर्मतका लागि उपकरणसहित टोली त्यसतर्फ प्रस्थान गरेको लामाले उल्लेख गरे । “अहिले चैलेमा समस्या छ, त्यहाँ पर्खाल निर्माण गरी फिलिङ गरिएको करिब ३५ मिटर सडक पहिरोले भाँसिएको छ, आज साँझसम्ममा सडक मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको छ”, उनले भने । चैले सडक मर्मतका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट पनि टोली त्यसतर्फ आइसकेको उनको भनाइ छ ।

भन्सार सेवा प्रभावित

हिमपात र प्रतिकूल मौसमका कारण लोमान्थाङ-२ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवाप्रवाह प्रभावित भएको छ । मङ्गलबारको हिमपात र त्यसपछिको अविरल वर्षाका कारण मुस्ताङ भन्सार कार्यालयको सेवा अवरुद्ध बनेको मुस्ताङ भन्सार कार्यालयका अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए ।

भन्सार जाँचपासका लागि विद्युत् र इन्टरनेट सुविधा आवश्यकपर्ने भए पनि केही दिनयता उपल्लो मुस्ताङमा विद्युत् र इन्टरनेट सुविधा अवरुद्ध भएकाले भन्सार कार्यालयमा नेपाल-चीन आयात/निर्यातका मालवस्तु जाँचपासमा हुन नसकेको भन्सार अधिकृत सुवेदीको भनाइ छ ।

जोमसोम-कोरला सडक अवरुद्ध भएका कारण पनि भन्सारका केही कर्मचारीहरु कार्यस्थलमा आउन नसकेको तर भन्सार एजेन्टहरु पहिले नै यहाँ आएर बसेको अधिकृत सुवेदीले जनाए ।

विद्युत् र इन्टरेनट सेवा अवरुद्ध हुँदा कोरला नाकाबाट आयात गरिएका चिनियाँ सामान ढुवानी गरिएको झण्डै ५० भन्दाबढी मालवाहक कन्टेनर भन्सार कार्यालयमा रोकिएको भन्सार अधिकृत सुवेदीले बताए । कागबेनी-कोरला सडक अवरुद्ध हुँदा झण्डै १०० भन्दाबढी मालवाहक सवारी दुईदिनदेखि कोरला नाका जान नसकी जोमसोम र कागबेनीमै रोकिएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ३ : २७ बजे

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले

सुनको मूल्य लगातार घट्दो, सोमबार प्रतितोला ६ हजार ५०० रुपैयाँले कमी

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड