१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ राख्ने सहमति, चुनाव चिह्न चिम



काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वको नयाँ राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ ।

आइतबार राति बसेको बैठकले यसअघि तय गरिएको ‘नेपाल जनसेवा पार्टी’ नाम फेरेर ‘उज्यालो नेपाल’ नाममै निर्वाचन आयोगमा दर्ता गराउने निर्णय गरेको हो। पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ रहनेछ ।

पार्टी दर्ताका लागि पूर्व सचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रारम्भिक चरणमा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरिने तयारी छ भने तत्कालका लागि अन्य पदाधिकारी तोकिएको छैन ।

घिसिङ निकट एक नेताका अनुसार, “अहिले माइन्युट र हस्ताक्षरको काम भइरहेको छ । सम्भव भएसम्म आज (सोमबार) साँझभित्रै आयोगमा दर्ता गर्ने प्रयास हुनेछ, नभए भोलि दर्ता हुनेछ ।”

उक्त स्रोतका अनुसार, दोस्रो चरणमा थप पदाधिकारी र प्रदेशस्तरका संरचना विस्तार गरिनेछ। पार्टीका संस्थापक सदस्यहरूको नाम टुंग्याउने छलफल अहिले जारी छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  २ : १२ बजे

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी