१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण



काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा अद्यावधिक विवरण बुझाएको छ ।

५१ सदस्यीय केन्द्रीय समिति रहेको उक्त पार्टीको अद्यावधिक विवरण मंगलबार आयोगमा पेस गरिएको हो । विवरण अनुसार पार्टीमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष प्रस्ताव गरिएको छ ।

एकजना अध्यक्ष र बाँकी सबैलाई सदस्य पदमा जिम्मेवारी तोकिएको पार्टीको केन्द्रीय सदस्यमा डा. तारा प्रसाद जोशी, प्रा.डा. महेन्द्र सुन्दर लावती, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, डा. अभिषेक राज सिंह, डा. शंकर ढकाल, ई. तेजनारायण यादव, कलाकार रिमा विश्वकर्मा, टासी ल्हामोल्म, डा. राजु थापा, डा. विशाल भण्डारी, श्री गुरुङ, निलिमा बस्नेत छन् ।

गत साउन २७ मा दल दर्ताका लागि आयोगमा निवेदन दिइएको भए पनि आवश्यक कागजात नपुग्दा दर्ता हुन सकेको थिएन । पहिलेको निवेदनमा दलको निर्वाचन चिन्ह ‘बलेको चिम’ माग गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ९ : ५६ बजे

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी