१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण



काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा अद्यावधिक विवरण बुझाएको छ ।

५१ सदस्यीय केन्द्रीय समिति रहेको उक्त पार्टीको अद्यावधिक विवरण मंगलबार आयोगमा पेस गरिएको हो । विवरण अनुसार पार्टीमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष प्रस्ताव गरिएको छ ।

एकजना अध्यक्ष र बाँकी सबैलाई सदस्य पदमा जिम्मेवारी तोकिएको पार्टीको केन्द्रीय सदस्यमा डा. तारा प्रसाद जोशी, प्रा.डा. महेन्द्र सुन्दर लावती, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, डा. अभिषेक राज सिंह, डा. शंकर ढकाल, ई. तेजनारायण यादव, कलाकार रिमा विश्वकर्मा, टासी ल्हामोल्म, डा. राजु थापा, डा. विशाल भण्डारी, श्री गुरुङ, निलिमा बस्नेत छन् ।

गत साउन २७ मा दल दर्ताका लागि आयोगमा निवेदन दिइएको भए पनि आवश्यक कागजात नपुग्दा दर्ता हुन सकेको थिएन । पहिलेको निवेदनमा दलको निर्वाचन चिन्ह ‘बलेको चिम’ माग गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ९ : ५६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले