१५ चैत्र २०८२, आइतबार | March 29, 2026

नयाँ आईजीपी दानबहादुर कार्कीले सम्हाले नेपाल प्रहरीको कमाण्ड



काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पद महानिरीक्षक (आईजीपी) का रूपमा दानबहादुर कार्कीले आजदेखि औपचारिक रूपमा कमाण्ड सम्हालेका छन् । अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ सेवा अवधिका कारण ३० वर्षे अनिवार्य अवकाशमा गएपछि कार्कीले प्रहरी नेतृत्वको जिम्मेवारी सम्हालेका हुन् ।

गत कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गरेको थियो । उनी आज बिहान गृहमन्त्रालयमा दर्ज्यानी चिन्ह (इन्सिग्निया) ग्रहण गरी प्रहरी प्रधान कार्यालय पुगेका छन्, जहाँ उनले नयाँ जिम्मेवारी औपचारिक रूपमा लिएका हुन् ।

कार्कीले पछिल्लो समयमा उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हाल्दै आएका थिए । जेनजी आन्दोलनका बेला उनले उपत्यकाको सुरक्षाको जिम्मेवारी बहन गरेका थिए । त्यसअघि उनी मानव स्रोत साधन विभाग प्रमुख समेत रहिसकेका थिए ।

डीआईजीका रूपमा उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालय को नेतृत्व गरेका थिए भने एसएसपी हुँदा काठमाडौं जिल्ला प्रहरी परिसर का प्रमुखका रूपमा चर्चित भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको समयमा जिम्मेवारी सम्हालेका थिए ।

इमानदार, नीतिपरायण र व्यावसायिक अधिकारीका रूपमा परिचित कार्की कुनै ठूला आर्थिक विवादमा नपरेको प्रहरी वृत्तका स्रोतहरूले जनाएका छन् ।

फिल्ड कमाण्डदेखि आईजीपी सचिवालयसम्मको दीर्घ अनुभव, अनुसन्धान क्षमतामा दक्षता र संगठनभित्र अनुशासनपालनाका कारण उनी प्रहरी संगठनभित्र सम्मानित अधिकारी मानिन्छन् ।

कार्कीले विदेशमा विभिन्न उन्नत सुरक्षासम्बन्धी तालिमहरू पनि लिइसकेका छन् र अघिल्ला चरणमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत भइसकेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ९ : ३१ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको