२० माघ २०८२, मंगलबार | February 3, 2026

एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ गृहमन्त्रालयद्वारा स्वीकृत



काठमाडौँ । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गमा सम्पन्न गर्न गृहमन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ ।

गृह मन्त्रालयमा आज गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको गृह प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

एकीकृत निर्वाचन सुरक्षा योजना तर्जुमा गर्नका लागि गृहले सहसचिव तथा शान्तिसुरक्षा महाशाखा प्रमुख काफ्लेको संयोजकत्वमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य रहनेगरी एकीकृत निर्वाचन सुरक्षा योजना कार्यदल असोज ९ गते बसेको बैठकले गठन गर्ने निर्णय गरेको थियो ।

यस्तै बैठकले स्वीकृत निर्वाचन सुरक्षा योजनाअनुरुप निर्वाचन प्रयोजनार्थ नेपाली सेनाको परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्समक्ष सिफारिस गर्न रक्षा मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको प्रवक्ता काफ्लेले जानकारी दिए । त्यसैगरी, गृह मन्त्रालयले निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्न मङ्सिर ९ गतेदेखि सुरु हुनेगरी लुम्बिनी प्रदेशबाट आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

प्रवक्ता काफ्लेका अनुसार निर्वाचन अवधिभर देशमा हिंसा भड्काउने, जनतालाई आतङ्कित बनाउने गतिविधिहरुलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अगाडि बढाउनेसमेत जानकारी दिए ।

बैठकमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, नेपाली सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्तिसुरक्षा महाशाखा प्रमुख काफ्लेलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : ४० बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली