२१ चैत्र २०८२, शनिबार | April 5, 2026

सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतीमा बुटवलमा दिप प्रज्जवलन



बुटवल । सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतीमा बुटवलको राजमार्ग चौराहमा दिप प्रज्जवलन गरिएको छ । रोटरी क्लब अफ बुटवलको संयोजन र सुरक्षित यात्रा अभियानको सहकार्यमा यस क्षेत्रका रोटरी क्लबहरु तथा विभिन्न संघ संस्थाहरुको आयोजनामा दिप प्रज्जवलन गरिएको हो ।

सन् २००५ देखि संयुक्त राष्ट्र सङ्घको आब्हानमा प्रत्येक वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबारलाई विश्वभर सडक दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिहरूको सम्झनामा स्मृती दिवस मनाउदै आएको छ ।

विश्वमा बढदै गएको अकाल मृत्युको प्रमुख कारण बनेको सडक दुर्घटनाका मृतकहरुको सम्झना र घाईते तथा अंगभंग भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त कार्यक्रम गर्ने गरीएको रोटरी क्लब अफ क्यापिटल बुटवलका अध्यक्ष अमित अधिकारीले बताए ।

उनले रोटरी क्लब अफ क्यापिटल बुटवलले सडक सुरक्षालाई आफ्नो अभियानको रुपमा वार्षिक क्यालेण्डर नै बनाए कार्यक्रम गरि रहेको बताए ।

उनले सडक दुर्घटनाबाट उत्पन्न भयावह अवस्थालाई न्युनिकरण गर्न सर्वपक्षिय चासो र सरकारको गम्भिरताको खांचो रहेको बताए । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेले स्मृती दिवसको औचित्य र महत्त्व प्रकाश पार्दै सबैको सहकार्यका कारण पछिल्लो समय यस क्षेत्रमा दुर्घटना न्युनिकरण भएको बताए ।

पाण्डेले सडक दुर्घटनाबाट भएको अबौंको भौतिक क्षतिको तथ्याङ्क प्रस्तुत गर्दै विशेष गरी बालबालिका र युवाहरूका लागि सबैभन्दा ठूलो मृत्युको कारण सडक दुर्घटना बनिरहेको बताए । पाण्डेले युवा उमेरका व्यक्तिहरूको मृत्युले देशको आर्थिक विकास र सामाजिक प्रगतिको मेरुदण्डमाथि नै गम्भीर चोट पुर्‍याई रहेको उल्लेख गर्दै आगामी दिनमा दुर्घटना नहोस भन्ने गरी सचेतना अपनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बुटवल, रोटरी क्लब अफ तिनाउ बुटवल रोटरी क्लब अफ बुटवल साउथ, रोट्याक्ट क्लब अफ बुटवल साउथ, रोटरी क्लब अफ लुम्बिनी स्टार्स, पश्चिम नेपाल बस ब्यवसायी प्राली, नमस्ते नेपाल, यातायात मजदुर तथा व्यवसायी भलाई कोष, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश, इलाका प्रहरी कार्यालय बुटवल लगायत यातायात मजदुर संघ संगठन र सडक सुरक्षामा चासो राख्नेहरुको सहभागिता रहेको थियो ।

नेपाल प्रहरीको तथ्याङ्कमा गत आर्थिक वर्ष २०८१/०८२ मा मात्रै देशभर २८ हजार ६ सय ९२ सवारी दुर्घटना भएको, दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ५ सय ४९ जना भएको बताए । उनले दुर्घटनाबाट ६ हजार ९ सय ७६ जना गम्भीर घाइते तथा २७ हजार २ सय भन्दा बढी सामान्य घाइते भएको देखिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ११ : २४ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा