२१ चैत्र २०८२, शनिबार | April 5, 2026

राजदूत फिर्ता प्रकरणमा प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनामा रिट दर्ता



काठमाडौं । सरकारले राजदूतहरू फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशको अवज्ञा भएको आरोपमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ।

सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले दायर गरेको निवेदनको पेसी मंसिर ७ गतेका लागि तोकिएको छ।

जेनजी आन्दोलनपछि गठन भएको कार्की सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय असोज ३० गते गरेको थियो।

उक्त निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलले कात्तिक १६ गते संयुक्त इजलासबाट सरकारलाई निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेका थिए।

तर आदेश जारी भएको भोलिपल्टै प्रधानमन्त्री कार्की स्वयं मातहत रहेको परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई फिर्ता बोलाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो। सो निर्देशनअनुसार राजदूतहरू मन्त्रालयमा उपस्थित भई फर्किएका छन्। तीमध्ये चार जनाले राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : ४१ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा