२१ चैत्र २०८२, शनिबार | April 5, 2026

प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएकी छन् ।

केन्द्रका सचिव सरजुकुमार वैद्यसँगको छलफलमा आज उनले जेनजी आन्दोलन नै भ्रष्टाचारविरुद्धको आन्दोलन भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले निर्देशन दिँदै उनलाई सार्वजनिक निकायहरुबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरी सुनुवाइका लागि केन्द्रको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताइन् । प्रधानमन्त्री कार्कीले भ्रष्टाचारपछिको दण्डात्मक उपायभन्दा भ्रष्टाचार हुनै नदिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी उनको सचिवालयले जनाएको छ ।

“सार्वजनिक निकायहरुबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमनलाई बढावा दिनुपर्छ । केन्द्रका निर्देशन पालना भए–नभएको पनि अनुगमन गर्नुहोस्”, प्रधानमन्त्री कार्कीले भनिन् । उनले विकास–निर्माणका योजनाहरुमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने तथा प्राविधिक परीक्षणको जिम्मेवारीमा केन्द्रको ध्यान पुग्नुपर्नेमा जोड दिइन् ।

यसको लागि जनशक्ति र वित्तीय स्रोतको समेत प्रबन्ध गर्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री कार्कीले आमनागरिकलाई अनुभूति हुने गरी संस्थाको उपस्थिति र प्रभावकारिता देखाउन निर्देशन दिएकी छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ८ : ११ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा