१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा



बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता टाइटन कम्पनीको ‘एक्सक्लुसिभ स्टोर’ सञ्चालनमा आएको छ । बुटवलमा विगत ३७ वर्षदेखि घडीको व्यवसाय गर्दै आएका सफल व्यवसायी आर.के वाचका सञ्चालक कुमार तामाङले बीपी चोकमा लुम्बिनी प्रदेशमै पहिलो स्टोर शुभारम्भ गरेका हुन् ।

मंगलबार एक कार्यक्रमका बीच बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, टाइटन कम्पनीका इन्टरनेशनल अपरेसन बिजनेस म्यानेजर वसन्त वासुदेवन र टाइटन कम्पनीको नेपालका लागि आधिकारीक विक्रेता नेपाल ट्रेड नेटवर्क प्रालिका प्रबन्ध निर्देशक सुनिलकुमार अग्रवाल लगायतले उद्घाटन गरे ।

सोही अबसरमा बोल्दै स्टोरका सञ्चालक कुमार तामाङले ग्राहकको माग अनुसार सुपथ मूल्यमा हजारौँ आकर्षक डिजाइन र गुणस्तरीय घडी उपलब्ध गराउने उद्देश्यले टाइटन स्टोर सञ्चालन गरेको बताए । आफू इलाममा जन्मीए पनि वि.सं २०४५ सालदेखि बुटवल बसेर घडिको व्यवसाय सञ्चालन गर्दै आएको उनले बताए । लामो समयको व्यवसायीक अनुभवपछि लुम्बिनी प्रदेशमै पहिलोपटक बुटवलमा बिश्व चर्चित टाइटन घडिको स्टोर सञ्चालन गर्न सफल भएको उनले बताए । स्टोरका सञ्चालक तामाङका अनुसार यहाँ आउने ग्राहकले १ हजार भन्दा बढी घडीका डिजाइनहरूबाट आफूलाई मन परेको डिजाइन छान्न पाउनेछन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलमा टाइटन ब्राण्डको घडीको स्टोर सञ्चालनमा आएपछि ग्राहकलाई सहज हुने विश्वास व्यक्त गर्दै व्यवसायीक सफलताको शुभकामना व्यक्त गरे । घडीको ब्राण्डीङमा व्यवसायी तामाङको भूमीका महत्वपूर्ण रहेको भन्दे उनले प्रदेशका अरु जिल्लामा पनि यस्ता सोरुम विस्तार गर्न जरुरी रहेको उनले बताए ।

टाइटन कम्पनीका इन्टरनेशनल अपरेसन बिजनेस म्यानेजर वसन्त वासुदेवनले बुटवलमा टाइटनको ब्राण्ड विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे । ‘हामी टाइटनका नवीनतम संग्रहहरू, नवीनतम स्मार्टवाचदेखि टाइमलेस क्लासिक क्वाट्र्ज र अटोमेटिक्स सम्म नेपालका हरेक घडी प्रेमीहरूको हातमा ल्याइरहेका छौं ।,’ बिजनेस म्यानेजर वासुदेवनले भने । टाइटन कम्पनीको नेपालका लागि आधिकारीक विक्रेता नेपाल ट्रेड नेटवर्क प्रालिका प्रबन्ध निर्देशक सुनिलकुमार अग्रवालले प्रिमियम घडीहरूको बढ्दो मागलाई सेवा दिने यात्रामा बुटवलको स्टोर कोसेढुङ्गा साबित हुने बताए । उनले टाइटन घडीको ब्राण्डलाई विस्तार गर्दै नेपालका मुख्य शहरहरुमा स्टोर सञ्चालन भइरहेको बताए ।

टाइटन स्टोरमा महिला पुरुष र युवा-केन्द्रित फेसन र आकर्षक डिजाइनका घडीहरूको मुल्य ३ हजार ५ सय देखि ४ लाख ५० हजार सम्म रहेको छ । स्टोरमा टाइटन र फास्ट्रेक का स्मार्ट घडी, परफ्युमहरु र सनग्लासहरू पनि उपलब्ध छन् । स्टोरको उद्घाटनका अवसरमा मङ्सिर १० गतेसम्म आउने ग्राहकले प्रत्येक घडिमा १० प्रतिशत छुट र उपहारका रुपमा २० एमएलको टाइटन स्कीन परफ्यु प्राप्त गर्नेछन् ।

१९८४ मा स्थापित टाइटन कम्पनीले प्रत्येक वर्ष साढे १ करोड भन्दा बढी घडीहरू उत्पादन गर्दै २५ देशहरुमा बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ९ : ०८ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज