२० मंसिर २०८२, शनिबार | December 7, 2025

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सानेपामा बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज मंसिर ४ गते पनि बस्दैछ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश समितिका सभापतिहरूलाई सहभागी हुन भनिएको छ ।

गत असोज २८ गतेबाट सुरु भएको बैठकमा कात्तिक २७ गतेसम्म नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो । त्यसपछि कात्तिक २९ र मंसिर १ गते बस्ने भनिएका बैठकहरू स्थगित गर्दै फेरि आजका लागि निर्धारण गरिएको हो । चलिरहेको बैठकले पार्टीको १५ औँ महाधिवेशन र प्रतिनिधि सभा निर्वाचनसम्बन्धी महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

महाधिवेशनको मिति तय गर्ने विषयमा भने नेताहरूबीच अझै एकमत बन्न सकेको छैन । महामन्त्री गगन थापाले कात्तिक १९ गते पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए । त्यसको जवाफमा सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने वैकल्पिक कार्यतालिका प्रस्तुत गरेका थिए ।

यसबीच, कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहले बैठकमार्फतै विशेष महाधिवेशनको मिति र स्थान टुंगो लगाउन दबाब दिएको छ । बुधबार पत्रकार सम्मेलन गरेका देवराज चालिसे, गुरुराज घिमिरेलगायत नेताहरूले करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको सम्मान गर्दै विशेष महाधिवेशनको मिति छिटो निर्धारण गर्न माग गरेका छन् ।

आजको बैठकले लामो समयदेखि जारी पार्टीभित्रको असमझदारी अन्त्य गरी संगठनात्मक मार्गचित्र स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ८ : ५३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल