काठमाडौं । अमेरिकाले डिपोर्ट गरेको थप ३५ जना नेपाली बुधबार चार्टर्ड विमानमा काठमाडौं ल्याइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनीहरूलाई अध्यागमन विभागले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको थियो ।
अमेरिकामा अवैध रूपमा बस्दै आएका विदेशी नागरिकप्रति कडाइ गर्ने नीति विशेष गरी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएपछि पछिल्ला वर्षहरूमा धेरै नेपाली स्वदेश फर्काइँदै आएका छन् । ट्रम्पको कडा आप्रवासन नीतिअन्तर्गत अवैध रूपमा बसोबास गरेका व्यक्तिहरूलाई फिर्ता गर्ने प्रक्रिया तीव्र बनेको थियो ।
प्रारम्भिक सोधपुछपछि सबै ३५ जना नेपालीलाई छाडिएको ब्युरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिएका छन् । अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या पछिल्ला वर्षहरूमा बढ्दै गएको छ ।
ट्रम्प प्रशासनको कडाइपछि हालसम्म २ सयभन्दा बढी नेपाली स्वदेश फर्काइएका छन् ।


















प्रतिक्रिया