२१ चैत्र २०८२, शनिबार | April 4, 2026

मुलुकलाई शान्ति, स्थिरता र समुन्नतिमा लैजान एकता र सहकार्यका लागि प्रचण्डको अपील



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति, समावेशी लोकतन्त्र र सामाजिक रुपान्तरणमा विस्तृत शान्ति सम्झौताले खेलेको भूमिकालाई स्मरण गरेका छन्।

नेपाली राजनीतिमा ऐतिहासिक मोड मानिने विस्तृत शान्ति सम्झौता (सीपीए) भएको १९ वर्ष पूरा भएको अवसरमा प्रचण्डले उक्त स्मरण गरेका हुन् ।

प्रचण्डले आज जारी गरेको वक्तव्यमा जनयुद्धका क्रममा गरिएका बलिदानले नै मुलुकलाई राजतन्त्रको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, सामाजिक समानता र समावेशी संविधान निर्माणतर्फ अघि बढाएको उल्लेख गरेका छन्। शहीद, बेपत्ता, घाइते, अपाङ्ग र जनयुद्धका पीडित परिवारप्रति उनले उच्च सम्मान व्यक्त गरेका छन्।

उनले शान्ति सम्झौताका बेला उठाइएका न्याय, समानता, सामाजिक रूपान्तरण र आर्थिक समुन्नतिको एजेन्डा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको प्रष्ट पार्दै अहिले पनि तत्कालीन सहमति र प्रतिबद्धताअनुसार राज्य संरचना तथा कानुनी सुधारको आवश्यकता रहेको बताए।

प्रचण्डले आजको चुनौतीलाई समाधान गर्न सबै राजनीतिक शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै, “शान्ति सम्झौताले मार्गनिर्देशन गरेको लोकतान्त्रिक समावेशी गणतन्त्रलाई सबल बनाउन नयाँ पुस्ताले अग्रभूमिकाबाट जिम्मेवारी वहन गर्नुपर्छ” भनेका छन्।

उनले भ्रष्टाचारविरुद्धको लडाइँ, सुशासन, आर्थिक समानता, प्रदेश र स्थानीय तहको सुदृढता तथा संविधानको पूर्ण कार्यान्वयनलाई ‘नयाँ जनजी’ युवापुस्ताको मुख्य कार्यभारका रूपमा व्याख्या गरेका छन्।

वर्तमान राजनीतिक दलसम्बन्धी बहस, असन्तुष्टि र द्विविधाको माहोलमा उनले आफ्नै पार्टीले शान्ति सम्झौताका ध्येय–उद्देश्यलाई पूरा गर्दै राजनीतिक स्वामित्व र जिम्मेवारीमा दृढ रहने प्रतिबद्धता प्रकट गरेका छन्।

प्रचण्डले शान्ति प्रक्रियालाई संस्थागत गर्दै मुलुकलाई स्थायी शान्ति, स्थिरता र समुन्नतितर्फ लैजान सबैपक्षीय एकता र सहकार्यका लागि अपील गरेका छन्।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १२ : १० बजे

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड काठमाडौं । परराष्ट्रमन्त्री

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू