काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ जारी गरेका छन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १४४(१) बमोजिम उक्त अध्यादेश जारी गरेका हुन्।
अध्यादेश जारीसँगै विशेष सेवासम्बन्धी कानुनी संरचना अद्यावधिक भएको छ । यसको विस्तृत प्रावधान सरकारले चाँडै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।


















प्रतिक्रिया