मध्यविन्दु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी९बर्दघाट सुस्तापूर्व०को कावासोती नगरपालिका-१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् ।
गए राति १०ः०० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना ४३ प ३४३६ नंको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।
मोटरसाइकल चालक कावासोती नगरपालिका-१६ गैडाचोक बस्ने ४२ वर्षीय हीराबहादुर परियारको उपचारको क्रममा गए राति मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार कावासोती नगरपालिका-३ बस्ने वर्ष ३२ की सुनिता जोहार्जा र कावासोती नगरपालिका-१४ बस्ने वर्ष २४ की मीना मगरको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिने सवारीसाधनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिए ।


















प्रतिक्रिया