२१ चैत्र २०८२, शनिबार | April 4, 2026

करिब ४६ वर्षपछि गोरखापत्रमा नै फर्काइयो ‘गिद्दे प्रेस’



काठमाडौं । नेपालको पहिलो र ऐतिहासिक ‘गिद्दे प्रेस’ गोरखापत्र संस्थानमा फिर्ता ल्याइएको छ । राष्ट्रिय सङ्ग्रहालय छाउनीबाट आज उक्त प्रेस गोरखापत्र संस्थानमा फिर्ता गरिएको हो ।

आज यहाँ सङ्ग्रहालयका प्रमुख अरुण नकर्मीले गोरखापत्रका नायब कार्यकारी सम्पादक रामप्रसाद हुमागाईंलाई उक्त प्रेस हस्तान्तरण गरे। करिब १२५ वर्षअघि गोरखापत्र छाप्न प्रयोग गरिएको संस्थानको कोठमा अब उक्त प्रेस राखिने तय भएको छ । विसं २०३६ असोज १ गते संरक्षणका लागि प्रेसलाई सङ्ग्रहालयमा पठाउने निर्णय भएको जनाइएको छ ।

प्रेस हस्तान्तरण गर्नुअघि सङ्ग्रहालयका अधिकृत सुवास डङ्गोलसहितको टोलीले संस्थानको भ्रमण गरी आवश्यक सुझावसहित प्रतिवेदन दिएका थिए । विगतमा संरक्षणका लागि सङ्ग्रहालयमा पठाइएको उक्त प्रेस स्थान अभाव र जडानसम्बन्धी दक्ष जनशक्ति नहुँदा कतिपय पार्टपुर्जा खुला आकाशमुनि चउरमा रहेका थिए भने केही ‘स्टोर’मा थन्किएका थिए । केही पार्टपुर्जा भने गोरखापत्र संस्थान परिसरको जमिनमा पनि दबिएको हुनसक्ने अनुमान गरिएको छ ।

इन्जिनियरिङ क्याम्पस थापाथलीमा मेकानिकल विषयमा अध्ययनरत केही विद्यार्थीले स्वयंसेवी रूपमा प्रेसको आवश्यक मर्मतका लागि सहयोग गर्ने बताएको र राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि पनि छलफल भइरहेको गोरखापत्रका नायब कार्यकारी सम्पादक हुमागाईंले जानकारी दिए।

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्कंदा विसं १९०८ मा उक्त प्रेस नेपाल ल्याएको इतिहास छ । बेलायतबाट ल्याइएपछि सुरुमा प्रधानमन्त्री राणाकै थापाथली दरबारमा राखिए पनि पछि गोरखापत्रमा पठाइएको जनाइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ८ : ०१ बजे

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल

आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय