२० मंसिर २०८२, शनिबार | December 7, 2025

बाबुराम, जनार्दन र सन्तोष एकैठाउँ, प्रगतिशिल लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा आज हुँदै



काठमाडौं । डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारसहितका नेताहरूले आज नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । भट्टराई संरक्षक रहेको नेपाल समाजवादी (नयाँ शक्ति) पार्टी, माओवादी केन्द्र छोडेका जनार्दन शर्माको ‘प्रगतिशील अभियान’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार समूह एकीकृत भएर ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन गर्न लागेका हुन् ।

नेताहरूका अनुसार नयाँ दलमा पाँच सदस्यसम्मको अध्यक्ष परिषद रहनेछ भने डा. भट्टराई संरक्षकका रूपमा रहने सहमति बनेको छ । महाधिवेशनसम्मका लागि करिब पाँचदेखि छ जनाको अध्यक्षमण्डल रहने तयारी गरिएको छ। त्यससँगै करिब १५१ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी पनि चलिरहेको छ ।

नयाँ दल आगामी निर्वाचनका लागि पहिले नै दर्ता भइसकेको बताइएको छ । चिन्हका रूपमा नेपाल समाजवादी पार्टीले प्रयोग गर्दै आएको ‘आँखा’ नै रहनेछ भने आधिकारिक झण्डा भने छिनोफानो हुने बाँकी छ ।

एकता घोषणाअघि तीनै पक्षले आ–आफ्ना आन्तरिक बैठक तथा भेला गरेका छन् । भट्टराई समूहले तीनकुनेमा, शर्मा समूहले त्रिपुरेश्वरमा र परियार समूहले छुट्टाछुट्टै छलफल सम्पन्न गरेका छन् ।

‘बृहत् एकता घोषणा सभा’ नामक कार्यक्रम आज बिहान ११ बजे राष्ट्रिय सभा गृहमा हुने तय गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ८ : ०५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल