९ माघ २०८२, शुक्रबार | January 23, 2026

मेयर र उपमेयर अघिअघि, संरचना भत्काउँदै डोजर पछिपछि



नेपालगन्ज । पटक पटकको सूचनालाई स्थानीयले अटेर गरेपछि नेपालगन्ज उपमहानगरपालिकाले सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन डोजर परिचलन गरेको छ । प्रारम्भिक चरणमा वीपी चोकदेखि धम्बोझी चोकसम्मको अवैध संरचना हटाउन डोजर परिचालन गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राई दुबैजनाको उपस्थितीमा अतिक्रमित संरचना हटाउन डोजर चालाइएको छ । पटक(पटक सार्वजनिक सूचना जारी गरेर सचेत गराउँदा समेत स्थानीयले अवैध संरचना नहटाइएपछि डोजर लगाएर संरचना हटाउन थालिएको नगरप्रमुख विष्टले बताए ।

विष्टले नगरको मुख्य सडक सुर्खेतरोडको पश्चिमतर्फ नालादेखि ७ फिट फुटपाथ ‘क्लियर’ गरी ग्रीनरी र अपांगमैत्री सडक निर्माण गर्ने योजना रहेको सुनाए ।

नगर प्रमुख विष्टले यसपछि क्रमशः धम्बोझी चोकदेखि पुष्पलाल चोकसम्म र गणेशमान चोकदेखि वीपी चोकसम्मको फुटपाथ क्षेत्र पनि ‘क्लियर’ गरिने स्पष्ट पारे ।

ग्रीनरी र अपांगमैत्री सडक निर्माणका लागि ठेकेदार कम्पनीसंग ठेक्का सम्झौता समेत भइसकेको नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए । उपमहानगरले नेपाल प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ ।

उता उपमहानगरको कदमलाई नेपालगन्जका वरिष्ठ पत्रकार पुर्णलाल चुकेले वर्षैपिच्छे नयाँ नियम बनाएर व्यक्तिगत सम्पत्ति माथि बिना मुआब्जा कब्जा गर्न पाइने कुन नियममा छ ? भन्दै प्रश्न उठाएका छन् । उनले वर्षौदेखि सडक छेउको नालामा रहेको धक्कन समेत व्यवस्थित गर्न नसकेर सडकमै एम्बुस थापेको जस्तोबनाएको उपमहानगर र सडक विभागले फुटपाथको लागि भनेर नालीको भित्री किनारबाट ७ फुट छोड्ने उर्दी जारी गरेको समेत टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १० : २२ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा